• २०८२ असार ४ गते बुधवार

आगोलागीबाट४० वटा बाख्रा जलेर मरे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ०५, झापा । झापाको बुद्दशान्ति गाऊपालिका ४ देविबस्ती बस्ने ज्योति विमलीको बाख्रा फर्ममा आगोलागी हुँदा ४० वटा बाख्रा जलेर मरेका छन् । गत राती साढे १२ बजे लागेको आगोले बिमलीको इटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फर्म, फर्ममा रहेका ४० वटा बाख्रा, बाख्रालाई खुवाउने दाना जली नष्ट भएका छन ।

प्रहरीका अनुसार आगोलागीबाट अन्दाजी ६५ लाख बराबरको क्षती भएको छ । आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा बिहान पौने ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगोलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस