• २०८३ बैशाख ८ गते मङ्गलवार

दुई हेलिकोप्टर गजुरीमा आकस्मिक अवतरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, धादिङ । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर आएको दुई हेलिकोप्टर धादिङको गजुरीस्थित बजारमा आकस्मिक अवतरण गरेको छ । मौसमका कारण नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएको हो ।

आकस्मिक रूपमा अवतरण गर्ने हेलिकोप्टरमा मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् । काठमाडौँमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस