बैशाख ५, काठमाडौै । राष्ट्रिय युवा संघ काठमाडौं जिल्ला विशेष बैठक चन्द्रागिरि नगरपालिकामा रहेको खुसिखुसि रिसोर्टमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पाटी एमालेका केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा काठमाडौंबाट राष्ट्रिय युवा संघ नेपालमा आवद्ध केन्द्रिय स्थायी कमिटी, सचिवालय र सदस्यहरुको उपस्थिती रहेको थियो । बैठकमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष क्षितिज थेबे विशेष अतिथी हुनुहुन्थ्यो ।

बैठकमा नेकपा एकाले काठमाडौं जिल्ला कमिटीका सदस्यहरु निरेशलाल सिहं, दिपक पनेरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्थायी कमिटी सदस्य पेम्बा घले सभापति रहनु भएको थियो भने स्थायी कमिटी सदस्य शिव महर्जनले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य स्थायी कमिटी सदस्य अमित पौडेलले राख्नु भएको थियो ।





