• २०८३ असार ३ गते बुधवार

कांग्रेस, माओवादी र राप्रपाका ५६ युवा एमालेमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, काठमाडौँ । काठमाडौँको चन्द्रागिरीमा भएको एक कार्यक्रममा कांग्रेस, माओवादी र राप्रपाका ५६ युवा एमालेमा प्रवेश गरेका छन । एमालेको चन्द्रागिरी नगर कमिटीले गरेको नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा कांग्रेस, माओवादी र राप्रपाका युवाहरू पार्टी परित्याग गरेका एमालेमा प्रवेश गरेको चन्द्रागिरी १० नं. वडा कमिटी अध्यक्ष शिवकुमार महर्जनले जानकारी दिए ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एमाले प्रवेश गरेका युवालाइ स्वागत गरेका हुन ।

पार्टी प्रवेश गर्ने युवाहरुले देशको विकास गर्ने र परिर्वतनको पक्षमा भएको नेकपा एमाले मुलुकलाई समृद्धि तर्फ अगाडी बढाउन सक्ने एक मात्र आश लाग्लो पाटी देखेकोले आफुहरुमा एमालेमा आएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस