• २०८३ बैशाख २५ गते शुक्रवार

कपनमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, काठमाडौं । काठमाडौंको कपनमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सोलुखुम्बुका २५ वर्षीय पासाङ मिङ्मा शेर्पा, जो हाल कपनमै बस्दै आएका थिए, उनी सवार बा८१प ७३५ नम्बरको मोटरसाइकल गए राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कपन पैयुटार पानी फ्याक्ट्री नजिक सडकमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए ।

उनीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेजमा लगिएको थियो तर उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस