भदौ १, काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश बिनासर्त फिर्ता लिनुपर्ने बताएका छन् । नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवाले उक्त अध्यादेश बिनासर्त फिर्ता लिनुपर्ने बताएका हुन् ।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर त्यागका साथ सम्झौता गर्नुपर्नेमा जोड दिएका छन् । उनले फेसबुकमा लेखेका छन राजनीतिक दलको बिभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यबस्था र संबिधानलाई धारासायी पार्ने शुनियोजित षड्यन्त्र हो । यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । बिगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालिन नेत्रित्वको घोर असफलता हो । आजका दिनमा प्रम शेर ब. देउवाले यो अध्यादेश बिनासर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावि पुस्ताको भबिस्यलाई संझेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नु पर्दछ ।
आमाको दु:खत निधनको शोकमा बसिरहेको बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने ईच्छा नहुँदा नहुँदै पनि आजको संगिन दिनमा यत्ति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनु होला ।
