जेष्ठ ३, काठमान्डौ । गीतकार तथा सर्जक नबिन शाही ठकुरीको मार्मिक लोक दोहोरी गीत “अन्तिम तस्बिर” बजारमा आएको छ । “अन्तिम तस्बिर” बोलको गीतमा गायक समित परियार र गायिका बिन्दु बिहानीको आवाज रहेको छ । गीतमा लय लाल सहयात्री परियार ( माल्दाइ ) र शब्द सृजना नबिन शाही ठकुरीको रहेको छ।

अन्तिम तस्बिर बोलको गीत वास्तबिक कथामा आधारित गित रहेको छ । दाङ घोराहिमा रहेको शहिद कृष्णसेन इच्छुक बहु प्राविधिक शिक्षालयको गत पुष सात गते बिध्यार्थी र शिक्षकहरु अवलोकन भ्रमनमा सल्यान गएको र गाडी सल्यानबाट अवलोकन भ्रमन सक्काएर दाङ फर्कदै गर्दा तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर तिन राम्रीको घुम्तिमा गाडी दुर्घटना परेको थियो । उक्त गाडीमा ३४ जना बिध्यार्थी र २ जना सिक्षक सवार थिए ।
दुर्घटनामा परेर दुई जना शिक्षक सहित उन्नाइस जना बिध्यार्थीहरुको मृत्यु भएको थियो भने अन्य बिध्यार्थी घाइते भएका थिए । दुर्घटना बाट मृत्यु भएकाहरु प्रती समर्पित रहेको गीतमा निकै भावपुर्ण सब्द हरु समेटेर गित बनेको छ ।
सिटिभिटी अन्तर्गतको वन विज्ञान पढ्नको लागी बिध्यार्थीहरु बिभिन्न जिल्ला बाट शहिद कृष्णसेन इच्छुक बहु प्राविधिक शिक्षालयमा पढ्न आएका थिए ।
गीतलाई पुर्व पस्चिम म्युजिक प्रा।ली बजारमा ल्याएको छ गीतलाई रोशन गाहा मगरले सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस :