भदौ १, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद अन्तरगत रहेको कर्मचारी संघको केन्द्रीय अध्यक्षमा दिपक टण्डन निर्वाचित भएका छन् । लामो समयदेखि विकराल रुपमा रहेको करार कर्मचारीहरुको समस्या, स्थायी कर्मचारीहरुको व्यवस्थिकरण, संस्थाको शैक्षिक उन्नत्ती र विकासको नारा लिएर चुनाबी मैदानमा उत्रेको टण्डनबाट उनी विजयी भएका हुन ।
निर्वाचित कार्य समितिलाई करार कर्मचारीहरुको स्थायित्व प्रक्रिया र परिषद भित्रका सम्बन्धन वितरण लगायतका बेथिती न्युनिकरण गर्नु नै चुनौती र जिम्मेवारी रहेको नवनिर्वाचित उपाध्यक्ष विनय देवकोटाले बताएका छन् । सो संघको वरिष्ठ उपाध्यक्षमा यदुप्रसाद पुडासैनी, उपाध्यक्षहरु क्तमस विनय देवकोटा, संजयकुमार यादव, पिङ्गला पाण्डे, अर्जुन काफ्ले, धुर्वराज न्यौपाने, महासचिवमा कृष्णबहादुर खड्का, उपमहासचिवमा प्रमोद पौड्याल, कोषाध्यक्षमा शिवराम श्रेष्ठ चयन भएका छन् ।
यस्तै सदस्यहरु भरत सापकोटा, साइमन जवेगु (लिम्बु), हर्कबहादुर चौधरी, गोविन्दबहादुर पुन, मनोजकुमार यादव, रमेश केसी, नवराज पौड्याल, मधुसुदन हुमागाई,आस्था गैरे, दिनेशकुमार मण्डल, ताराबहादुर नेपाली, धुर्व महर्जन नयनराज कोईराला लगायतका छन ।