• २०८३ बैशाख ४ गते शुक्रवार

सुनसरीमा करणी गरी फरार रहेका १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, सुनसरी । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका इनरुवा नगरपालिका-९ बस्ने ३४ वर्षीय प्रमोद मेहतालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई गत जेठ ३ गते जबरजस्ती करणी गरी फरार रहेका उनको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई गढी गाउँपालिकाबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस