• २०८३ बैशाख ६ गते आइतवार

सुनसरीमा सशस्त्र प्रहरीदवा्रा ४९ किलो गाँजा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, सुनसरी। सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले बताउनुभयो ।

निजी जग्गामा राखिएको केरा बगैँचाको माटोमुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयवासीले बताएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस