• २०८३ बैशाख १० गते बिहिवार

भारतमा दुई लाख ८१ हजार ३६८ जना सङ्क्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, नयाँदिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय सङ्कट झेलिरहेको भारतमा दुई लाख ८१ हजार ३६८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित एक महिना यताकै सबैभन्दा कम हो ।

भारतमो केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत दुई लाख ८१ हजार ३६८ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । समाचार संस्था एएनआईका अनुसार स्वास्थ्य अधिकारीहरुका अनुसार गत् चौबीस घण्टामा चार हजार १०६ जनाको सङ्क्रमणबाट मृत्यु भएको जनाएका छन् । सोमबार सार्वजनिक भएको यो तथ्याङ्कसँगै भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म दुई लाख ७४ हजार ३९० जनाको ज्यान गएको बताइएको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या दुई करोड ४९ लाख ६५ हजार पुगेको छ जसमध्ये दुई करोड सात लाख ९५ हजार व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस