चैत ४, बारा । जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत प्रहरी नायब उपरीक्षक गौतम मिश्र २०७७ साल फागुन महिनाको उत्कृष्ठ प्रहरी घोषित भएका छन । मिश्रले नेपाल प्रहरीको विभागिय मुल्य-मान्यता आदेश- निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरीअपराध अनुसन्धान एवं नियन्त्रणको क्षेत्रमा बिशेष योगदान पुर्याए बाफत उत्कृष्ट प्रहरी घोषित भएका हुन ।
उनले बारा जिल्लामा बिभिन्न अपराधमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रहरी बिभागले “२०७७ साल फागुन महिनाको उत्कृष्ठ प्रहरी (BEST POLICE OF THE MONTH” घोषणा गरि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले प्रशंसा पत्र प्रदान गर्नु भएको हो ।