• २०८३ जेष्ठ ९ गते शनिवार

क्लासिक टेकमा १ जीबीपीएस इन्टरनेट सेवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष १, काठमाडौं । नेपालमा सन् २००९ देखि शुरु भएको नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेक्स्ट जेनेरेशनको प्रविधि वाइफाइ ६ को साथमा TACHYAM १ जीबीपीएस इन्टरनेट सेवा दिने तयारी गरिरहेको छ। नेपालमै पहिलो पटक वाइफाइ ६ का साथमा TACHYAM १ जीबीपीएस इन्टरनेट प्रविधि भित्र्याउन अन्तिम परीक्षण भइरहेको छ। वाइफाइ ६ अन्तर्गत Smart Connectivity, Beamforming, MU-MIMO लगायतका सुविधाहरू रहने छन्।

सो प्रविधि अवलम्बन गरेपश्चात् ग्राहकले हाइ स्पिड इन्टरनेट प्रयोग गर्न सक्षम छन्। वाइफाइ ६ प्रविधि अन्तर्गत इन्टरनेटको स्पिड ३ जीबीपीएससम्म रहनेछ। पहिलो चरणमा क्लासिकटेकले १ जीबीपीएससम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको सबैमा जानकारी गराउँदछौं।

यसले कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछन्। वाइफाइ ६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भव हुने र यसले धेरै-प्रयोगकर्ता, धेरै-इनपुट, धेरै-आउटपुट प्रविधि हुनाले वाइफाइ राउटरलाई एकै साथ धेरै उपकरणसँग समन्वय गर्न सम्भव रहनेछ जसका कारण सिग्नल पर्खनु पर्ने समय घट्ने र वाइफाइ नेटवर्कको गति तीव्र बनाउने छ।

वाइफाइ ६ पश्चात् क्लासिकटेकले नेपालमा हाल प्रयोग भैरहेका ड्युअल ब्यान्डका राउटरहरू विस्थापित गराइ नेपालभर ट्रि ब्यान्ड राउटर प्रयोगमा ल्याइने छ। ट्राइ-ब्यान्डमा एउटा २.४ GHz ब्यान्ड र दुई ५ GHz ब्यान्डहरू गरी तिनवटा अलग अलग सिग्नल ब्यान्डहरू को कारण इन्टरनेट प्रयोगकर्ताहरूले थप उपकरणहरू जडान नगरिकनै हाइ स्पिड इन्टरनेट प्रयोग गर्न सक्षम रहने छन्। यो प्रविधि पश्चात् ग्रहकलाई बिना झन्झट, उच्च गतिको इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने क्म्पनीले विश्वास लिएको छ।

क्लासिक टेकले सधैं ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने ग्राहकहरूमाझ नयाँ प्रविधि भित्र्याएर गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता गरेको छ। १२ वर्षमा ७४ वटा जिल्लाका १०३ स्थानमा सेवा सञ्चालन ल्याएको क्लासकिटेकले कस्टमर सपोर्टमा विषेश ग्राहयता दिँदै आइरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस