• २०८३ बैशाख ५ गते शनिवार

बढी-पहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई कांग्रेस सभापतिको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुनी वर्षाका कारण देशका विभिन्न क्षति पुगेको अवस्थामा तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका सभापति देउवाले विपदमा परेका जनतालाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्न र उनीहरुलाई आवश्यक राहत प्याकेजको घोषणा गर्न सरकारसँग मागसमेत गर्नुभयो ।

आज विहान सामाजिक सञ्जाल मार्फ़त उहाँले भन्नुभएको छ, ‘केही दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोक,मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढि, पहिरो र कटानले विकराल रुप लिएको छ । यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा ३उद्दार र ३राहतमा खटिन निर्देशन गर्दछु ।

केहि दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा क्षति हुन थालेको छ । कठिन अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुलाई तत्काल आ९आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।

Sharing

प्रतिक्रिया दिनुहोस