चैत ३, काठमाडौँ। सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र खेल्दैछन् ।
यस्तै साढे तीन बजे हुने दोस्रो खेलमा सामाजिक युवा क्लब र स्वयम्भू क्लब खेल्दैछन् । दुवै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुने छन् ।