• २०८३ बैशाख १३ गते आइतवार

देशलाई प्रचण्डमुक्त नगरिए ठूलो दुर्भाग्य हुनेछ : मन्त्री साह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ३,काठमाडौँ। सहरी विकास मन्त्री प्रभु साहले देशलाई पुष्पकमल दाहाल प्रचण्डमुक्त नगरीए ठुलो दुर्भाग्य हुने बताएका छन् । आज प्रदेश १ को ओली पक्षीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले भने, ‘नेपालमा प्रचण्डजी स्थापित भएर आएपछि मुलुक अस्थिरताको भुमरीमा फसेको छ ।

कम्युनिस्ट आन्दोलन अन्यौलग्रस्त स्थितिमा छ । उहाँले स्वार्थका लागि माओवादी आन्दोलन बेच्दै बेच्दै आउनुभयो । यहाँसम्मकी कम्युनिस्टमा बचेका कुरा पनि ध्वस्त गर्नु लाग्नुभयो । कम्युनिस्ट आन्दोलनलाई सफल गर्न र मुलुकलाई समृद्धिको बाटोमा लाग्न प्रचण्डमुक्त कम्युनिस्ट पार्टी, प्रचण्डमुक्त नेपाल बनाउन जरुरी छ । देशलाई प्रचण्डमुक्त नगरिए ठूलो दुर्भाग्य हुनेछ ।’ मन्त्री साहले देशमा ठूलो आशा पालाएका बेला केही नेताको व्यक्तिगत महत्वकांक्षाले अहिलेको अवस्था आएको बताउदै उनले भने, ‘हाम्रो पार्टी एकतापछि अब नेपाल समृद्ध हुन्छ । कम्युनिस्ट आन्दोलनले सफलता प्राप्त गर्छ भनेर कार्यकर्ताले ठूलो आशा पालेका थिए ।

केही नेताहरुका कारण त्यो सपना पुरा हुनु सकेन । अहिले देश गम्भीर संकटबाट गुर्जिएरहेको छ । हाम्रो पार्टी र आन्दोलन गम्भीर मोडमा छ । त्यसको समीक्षा जरुरी छ ।’, ‘पार्टी एकताका बेला सहमतिको बाटोबाट जाने सहमति भए पनि केही नेताको व्यक्तिगत महत्वकांक्षका कारण आफैले बनाएको विधि विधान विपरीत अध्यक्ष हत्याउने काम मात्र भएन । आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने अस्थिरता पैदा गराउने प्रयास भयो । यस्ता हर्कतले अहिलेको अवस्था सिर्जना भएको हो ।

प्रचण्डको अहिले गरेको कार्य अनौठो नभएको बताउदै उनले भने, ‘केही साथीलाई लागेको होला । प्रचण्डजीले यसरी किन गर्नुभयो । तपाईंहरुका लागि अनौठो होला । तर पूर्वमाओवादीका लागि, प्रभु साहका लागि त्यो अनौठो होइन । माओवादीमा प्रचण्डजी ३० वर्षदेखि अध्यक्ष हुनुहुन्थ्यो । उहाँले गरेको यही काम हो । उहाँले आफ्नो पदका लागि न कहिले सहयोद्धा चिन्नु भयो, न आफ्नो प्रतिबद्धता चिन्नुभयो, न विचार चिन्नु भयो, न आफ्नो पहिचान चिन्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस