• २०८३ जेष्ठ १९ गते मङ्गलवार

टीएसीएफपी कार्यक्रममा माछापुच्छ्रेको आबद्धता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौँ। माछापुच्छ्रे बैंक र एसियन डेभलपमेन्ट बैंक ९एडीबी० बीच एडीबीको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामअन्‍तर्गत कर्जा तथा ट्रेड सहयोगका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा एसियन डेभलपमेन्ट बैंक (एडीबी) का तर्फबाट ट्रेड एन्ड सप्लाई चेन फाइनान्स, प्राइभेट सेक्टर सञ्चालन विभाग सल्लाहकार तथा प्रमुख स्टेभन विक तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

सम्झौतापछि माछापुच्छ्रे बैंकका कृषि क्षेत्र, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायलजस्ता विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायी ग्राहकहरुलाई अन्तर्राष्ट्रिय बजारमा ट्रेड तथा ग्यारेन्टीसँग सम्बन्धित कार्यमा सहज हुने बताइएको छ । माछापुच्छ्रे बैंकले एडीबीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक विकासमा ठुलो टेवा पुग्ने जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस