• २०८३ जेष्ठ २ गते शनिवार

सर्वोच्च अदालत परिसरबाट १२ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, काठमाडौं । सर्वोच्च अदालत अगाडीबाट प्रहरीले करिब १२ जनालाई पक्रेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको विरुद्धमा नेपाल बार एशोसिएसनको धर्ना दिने तयारी गरिरहेका बेला प्रहरीले उनीहरुलाई पक्रेको हो ।

अदालत परिसर अगाडीबाट काममा हिँडेका बेला आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएको कतिपयले बताएका छन् । तीमध्य केहीले प्रधानन्यायाधीस मात्रै होइन सबै न्यायाधीसहरु दोषी भएको भन्दै नाराबाजी गरेका थिए ।

गेट अगाडी मात्रै करिब ७० जना बढी सुरक्षाकर्मी खटिएका छन् । हिजोभन्दा आज सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस