• २०८३ बैशाख २७ गते आइतवार

गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गएराती जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१० पाँचराते भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जिपमा सवार ९ जना घाइतेमध्ये ३ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मुसिकोट नगरपालिका वडानम्बर–२ जलजले बस्ने ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र वडानम्बर–३ नेटा बस्ने १९ वर्षकी संगिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले जानकारी दिनुभयो ।

बुटवलबाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप अनियन्त्रित भई सडकदेखि ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । अन्य घाइते ६ जनाको अवस्था मध्यम रहेको र उनिहरुको गुल्मी अस्पतालमा उपचार भईरहेको छ ।-

Sharing

प्रतिक्रिया दिनुहोस