• २०८३ बैशाख १० गते बिहिवार

साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारको सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, काठमाडौँ। सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गत जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर, सर्वोच्च अदालतले संसद पुनस्र्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकले पुनःस्थापित प्रतिनिधिसभा बैठकको अधिवेशन बोलाउने निर्णय गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस