• २०८३ बैशाख ५ गते शनिवार

चीनमा शक्तिशाली भूकम्प, कम्तीमा १०० जनाको मृत्यु

एजेन्सी पढ्न लाग्ने समय : १ मिनेट

पौष ३, काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १०० जनाको मृत्यु भएको छ। चिनियाँ अधिकारीहरुका अनुसार दुई सय भन्दा बढी घाइते भएका छन्। उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार ६.२ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन्। यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन्।

भूकम्पको कारण भत्किएका भौतिक संरचनाको भग्नावशेषमा धेरै पुरिएको आशंका गरिएको छ। भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस