• २०८३ असार १७ गते बुधवार

राष्ट्रियसभा उपचुनावमा राप्रपाले बादललाई समर्थन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ०१, काठमाडौं । राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएको छ । शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्यक्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराउनुभएको थियो ।

यदि एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको राप्रपाका एक नेताले जानकारी दिए । वागमती प्रदेश तर्फको राष्ट्रियसभा सदस्यका लागि ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा। खिमलाल देवकोटा उम्मेदवार हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस