• २०८३ जेष्ठ २७ गते बुधवार

पदमार्गमा निस्केका २ पर्यटक १० दिनदेखि बेपत्ता

पढ्न लाग्ने समय : १ मिनेट

असोज १५ रसुवा । उत्तरी रसुवाको तामाङ सम्पदा पदमार्गमा निस्किएका नेदरल्याण्डका २७ वर्षीय थोमस र कोरियाका ४२ वर्षीय सिसुङ १० दिनदेखि हराइरहेका छन् । असोज ५ गते बिहान तामाङ पदमार्गअन्तर्गत थुमन क्षेत्रमा देखिएका उनीहरू त्यसयता हराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रसुवाले पर्यटक सम्पर्कविहीन भएपछि उनीहरूको खोजीका लागि प्रहरी नायव उपरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा एक टोली परिचालन गरेको जनाएको छ । पर्यटकको खोजीमा खटिएका ढकालले थुमन क्षेत्र आसपासबाट उनीहरू बेपत्ता भएको देखिन आएकाले त्यस वरपर खोजी भइरहेको जानकारी दिए ।पर्यटक प्रहरी चौकी स्याफ्रुबेँसीको अभिलेख अनुसार ती पर्यटक भदौ २७ गते रसुवाको स्याफ्रुबेँसीमा बास बसी गत भदौ २८ गतेदेखि तामाङ सम्पदा पदमार्गतर्फ गएका थिए ।

तामाङ सम्पदामार्ग उत्तरी रसुवाको गोल्जुङ, गतलाङ, पार्वतीकुण्ड, चिलिमे, तातोपानी, नाकथली, थुमन र बृद्धिमको भूभागले मान्यता पाएको र ती क्षेत्रमा भारी वर्षा तथा निरन्तर प्रतिकूल मौसमको प्रवाह नगरी खोजीकार्यमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।यस्तै सशस्त्र प्रहरी बल २० नम्बर गुल्म धुञ्चेका प्रहरी अधिकृत तथा जवानसमेत खोजी तथा उद्वारमा परिचालन भएको सशस्त्र प्रहरी नीरिक्षक होेमनाथ नेपालले बताए ।

 

Sharing

प्रतिक्रिया दिनुहोस