असोज ६, काठमाडौ । थप १३ सय ५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६६ हजार ६ सय ३२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार १ सय ५४ नमुना परीक्षण गर्दा १३ सय ५६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।