• २०८३ मङ्सिर ५ गते शुक्रवार

सबै कुरामा आजै टुंगोमा पुगिँदैन : मन्त्री पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आज केपी शर्मा ओली र माधवकुमार नेपाल समूहको बैठकमा एमालेलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको बताए । उनले बैठकमा उठेका कतिपय विषयमा आजै टुंगोमा पुग्न नसकिने भन्दै थप छलफल गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिले हाम्रो साझा निश्कर्ष के हो भने हामीहरुले यो अवसरलाई उपयोग गरेर एमालेलाई थप व्यवस्थित बनाउनुपर्छ’ ‘कतिपय समीक्षात्मक कुरामा आज नै टुंगो गर्न सकिँदैन, थप छलफल गर्नुपर्छ ।

बैठकमा ओलीले फागुन २८ गते आफू निकटका नेताहरुको बैठकबाट गरेको निर्णय खारेज गर्न माधवकुमार नेपाल समूहले माग गरेको थियो । त्यस विषयमा छलफल प्रारम्भ भएको पोखरेलले बताए । उनले दुबै समूहले गरेको गतिविधिको समीक्षा गर्नुपर्ने विषय बैठकमा उठेको बताए । २८ गतेको बैठकमात्र होइन यस बीचमा विभिन्न गतिविधि भएका छन्, अर्याल होटलमा भएका छन् । ‘समग्र रुपमा विगतमा गरिएका कामको यथासमयमा समीक्षा गरिसकेपछि उचाइमा पुगौंला’ उनले भने ।

Sharing

प्रतिक्रिया दिनुहोस