• २०८३ जेष्ठ २० गते बुधवार

लागुऔषधसहित नागढुंगाबाट एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । चन्द्रागिरिको नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराज रहेकाा छन ।

डिएसपी श्रेष्ठका अनुसार चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेक प्वाइन्टमा सर्लाहीबाट काठमडौं आउँदै गरेको ना ७ ख २७९० नम्बरको बस चेक गर्ने क्रममा लागुऔषधसहित उनि पक्राउ परेका हुन्। गहतराजको साथबाट लागुऔषध ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनारगन, ६४ एम्पुल नुरफिन र ४० ट्याब्लेट नाइट्राजेपाम बरामद भएको थानकोट प्रहरीले जनाएको छ।

पक्राउ परेका गहतराजमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस