माघ २,महोत्तरी । मटिहानी नगरपालिका-८ चिउरामिलबाट १ थान कुटवा पेस्तोल र १ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका-१७ मनहरपुर बस्ने ३३ वर्षीय राम शंकर मण्डल रहेका छन् ।

प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।