असोज २८, काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले महानवमी र विजया दशमीका दिन सेवा बन्द गरिने जनाएको छ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने जनाइएको छ। मनकामना केबलकारबाट गोरखामा रहेको प्रशिद्ध मनकामना मन्दिर पुगिन्छ। केबलकारले चितवन र गोरखा जिल्लालाई जोड्ने छ।