मंसिर ८, काठमाडौं । उदुप सापकोटाले ‘म हुँ नेपाली’ बोलको राष्ट्रिय गित सार्वजनिक गरेका छन । सरकारी सेवामा रहेका उनले बचेको समयको सदुपयोग गर्दै गीत तयार पारेका हुन ।
शब्द, स्वर र संगीतका साथै अभिनय पनि सापकोटा आफैँको रहेको भिडियोको निर्देशन र सम्पादन कुमार लामा योञ्जनले गरेका हुन । सापकोटाले पहिलो प्रयास रहेको बताउँदै कमी–कमजोरी सच्याउँदै आगामी दिनमा अघि बढ्ने बताएका छन् ।