भदौ २९, सुर्खेत । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले प्रदेश प्रमुखलाई प्रथम वार्षिक प्रतिवेदन पेश गरेको छ । गत आर्थिक वर्ष २०७७÷०७८ को प्रथम वार्षिक प्रतिवेदन कर्णाली प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीसमक्ष पेश गरेको हो ।

सोमवार प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा आयोजना भएको एक कार्यक्रममा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले प्रतिवेदन पेश पेश गरेका थिए । कार्यक्रममा प्रदेश लोक सेवा आयोगका सदस्य भक्त बहादुर खड्का, आयोगका सचिव आनन्द सारू, प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुर प्रसाद सिग्देल र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रदेश लोकसेवा आयोगले गत आर्थिक वर्ष २०७७-७८ मा गरिएका कामकार्वाहीको विषयमा तयार पारेको प्रतिवेदनमा ७ वटा परिच्छेदहरुमा समावेस गरेर पेश गरेको छ । जस्मा आयोगको गठन र कार्य क्षेत्र,आयोगका कार्यसम्पादनका आधार,प्रशासनिक तथा वित्त व्यवस्थापन,कानुन शैक्षिक योग्यता र पाठ्यक्र निर्माण,संगठन सुधार र नवप्रर्वतन,आयोगको जिम्मेवारी निर्वाहमा देखिएका कठिनाई र सुभावसहितका सातवटा परिच्छेद सहिदको प्रतिवेदन पेश गरेको बताइएको छ ।

