• २०८३ जेष्ठ ६ गते बुधवार

आलोचनापछि गृहमन्त्री लामिछानेले भने- मिडियाको हेडलाइन बदल्न सक्दिनँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार रहेकाहरू पक्राउ पर्ने बताएका छन् । फरार अभियुक्त संसद भवनमै आउँदासम्म पक्राउ गर्न नसकेको भनेर आलोचना भइरहँदा गृहमन्त्री लामिछानेले पुराना फरारहरू समातिने बताएका हुन् ।

‘पुराना फरारहरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ,’ लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो बोलेका शब्द–शब्दको हेक्का छ । भोट माग्दा गरेका वाचाहरूको हेक्का छ ।’

जनताको लाइफलाइन बदल्न आफूले मिहिनेत गरिरहेको पनि उनले बताएका छन् । ‘मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनु चाहिँ पर्छ’ उनले थपे ।

पुराना”फरार”हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु।धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस