• २०८३ मङ्सिर ८ गते सोमवार

मैत्रीपूर्ण फुटसल प्रतियोगिता : टोखा नगरपालिका विरुद्ध ६ गोल गर्दै तारकेश्वर नगरपालिका विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, काठमाडौं । तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाका कर्मचारी बीच जिफोर फुटसल ता.न.पा.१० मा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा तारकेश्वर नगरपालिकाले ६ गोल र टोखा नगरपालिकाले ४ गोल गरि तारकेश्वर नगरपालिका विजयी भएको छ ।

अन्तर नगरपालिकास्तरीय मैत्रीपूर्ण प्रतियोगितामा टोखा नगरपालिकाका आदरणीय नगर प्रमुख प्रकाश अधिकारी, तारकेश्वर नगरपालिकाका आदरणीय नगर उप-प्रमुख भवानी डोटेल धितालको उपस्थिति तथा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल (तारकेश्वर न.पा.) र प्रकाश आचार्य (टोखा न.पा.) समेत प्रतियोगिता अवधिभर खेलमा आफ्नो दमदार प्रस्तुति सहित सहभागी बनी खेलाडी साथीहरूको मनोबल उच्च राख्नुका साथसाथै आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्नुभएको थियोे ।

टोखा नगरपालिकाका नगर प्रमुख अधिकारी र तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालले संयुक्त रुपमा एकअर्का टिममा पालैपालो पेनाल्टी हानेर १/१ गोल बनाउदै खेलको शुभारम्भ गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस