• २०८३ जेष्ठ ३१ गते आइतवार

सल्यानबाट ६४ करोड २० लाखको खसीबोका निकासी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, सल्यान । सल्यानबाट आर्थिक वर्ष २०७७/०७८ मा ६४ करोड रूपैयाँभन्दा बढीको खसीबोका निकासी भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा ४२ हजार ८०० वटा खसीबोका निकासीबाट ६४ करोड २० लाख रुपैयाँ भित्रिएको छ।

सल्यानका किसानले कम्तीमा पाँचवटा बाख्रा पाल्दै आइरहेको कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले बताए। जिल्लमा झन्डै चार लाख बाख्रा रहेको उनको भनाइ छ।

सल्यानको खसीबोका काठमाडौं, पोखरा, धनगढीलगायतका देशका प्रमुख सहरहरुमा निकासी हुने गर्दछ।

Sharing

प्रतिक्रिया दिनुहोस