• २०८३ बैशाख ८ गते मङ्गलवार

तीन जना घुमुवा प्रहरी निलम्बनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०,दाङ। दाङमा कार्यरत तीन जना घुमुवा प्रहरी निलम्बनमा परेका छन् । मोटरसाइकल चोरीको आरोपमा इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक निलम्बनमा परेका हुन् ।

त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि निलम्बनमा परेका हुन । उनीहरुमाथि जिल्ला प्रहरी कार्यालय घोराही दाङको थुनामा राखेर थप अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस