जेठ ३१, एजेन्सी । भारतममा पछिल्लो २४ घण्टामा ७० हजार ४२१ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । भारतमा ७४ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो ।
गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणको कारण ३ हजार ९२१ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या ३ लाख ७४ हजार ३०५ भएको जनाइएको छ । यहाँ हाल कोरोना सङ्क्रमितको कूुल संख्या २ करोड ९५ लाख १० हजार ४१० पुगेको मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
गत २४ घण्टामा १ लाख १९ हजार ५०१ जना कोरोना भाइरस सङ्क्रमित मुक्त भएका छन् । यसैसँग २ करोड ८१ लाख ६२ हजार ९४७ जना कोरोना मुक्त भएका बताइएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त हुने दर ९५।४३ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख ७३ हजार १५८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।