• २०८३ असार १८ गते बिहिवार

प्रधानमन्त्री ओलीले सपथ ग्रहणसँगै आजै चार महत्वपूर्ण कार्यक्रम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद गठन गर्नुहुने भएको छ । आज दिउसो २ः३० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद गठन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले दिनुभएको जानकारी अनुसार शपथलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद गठन गर्न आज बिहानैदेखि गृहकार्य अघि बढाउनु भएको छ ।

नेता रिमालका अनुसार प्रधानमन्त्री ओली शपथग्रहणपछि लैनचौरस्थित शहिद पार्क पुगेर शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरी सिंहदरवारस्थित कार्यकक्ष पुगेर पदबहाली गर्नुहुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदबहालीपछि प्रधानमन्त्री ओलीले गोदावरी सिटी हलको भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस