• २०८३ जेष्ठ १८ गते सोमवार

पाकिस्तानमा बस दुर्घटना हुदा १२ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, कोहिस्तान । पाकिस्तानको खेबर पख्तुन्ख्वामा बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । खेबर पख्तुन्ख्वास्थित गुडिरहेको बसमा बिष्फोट हुँदा नौ चिनियाँ नागरिक सहित १२ जनाको ज्यान गएको हो ।

बिष्फोट पछि बस अनियन्त्रित भई गहिरो खोँचमा झरेको थियो । बसमा नौ चिनियाँ नागारिक, दुई पाकिस्तानी अर्थसैनिक र एक मजदुर अपर कोहिस्तानस्थित जलबिधुत परियोजनातर्फ गईरहेको बेला दुर्घटनामा परेका हुन् । उक्त जलबिधुत परियोजना चीन पाकिस्तान आर्थिक कोरिडोर र चीनको बीआरआई परियोजना अन्तर्गत पर्दछ ।

प्राविधिक गडबडीका कारण ग्यास चुहावट भई बिष्फोट भएको बस गहिरो खोँचमा झरेर दुर्घटना भएको पाकिस्तान विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको । चीन सरकारले घटनामाथि तत्काल कारबाही गर्न र चिनियाँ संस्थानहरुमा कडा सुरक्षा तैनाथ गर्न पाकिस्तान सरकारलाई माग गरेको छ । पाकिस्तानस्थित चीनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई सतर्कता अपनाउन र अनावश्यक बाहिर नजान आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस