• २०८३ बैशाख २८ गते सोमवार

बम विस्फोटमा आधा दर्जन घाइते एकको अवस्था गम्भीर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १, लहान । लहान स्थित मालपोत कार्यालय लहान शाखामा आइतबार दिनको एक बजे बम विस्फोट हुँदा आधा दर्जन घाइते भएका छन् । मालपोत कार्यालयमा लहान बजारको कागजातहरु रहेको कोठामा एक बजेतिर विस्फोट हुँदा आधा दर्जनको संख्यामा सेवाग्राहीहरु घाइते भएका हुन ।

घाइतेहरु मध्ये एकको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक डा. तपन दाहालका अनुसार सेवाग्राहीहरुको चाप रहेको समयमा भएको कुकर बम विष्फोटले घाइते भएकाहरुको उपचार लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा भइरहेको छ भने गम्भीर अवस्थामा रहेको घाइतेलाई बाहिर लैजाने तयारी भइरहेको छ । घटना स्थल मालपोत कार्यालयमा लहान नगरपालिकाबाट गएका बारुण यन्त्रले आगो निभएको थियो । घट्ना तराइ जनतान्त्रि मुक्ति मोर्चा जय कृष्ण गौइतको समूहले गराएको पर्चा घटना स्थलमा भेटिएको इलाका प्रहरी लहानले जनाएको छ ।

घाइतेहरु सबै सेवाग्राही नै भएपनि कसैको पनि ठेगान खुल्न सकेको छैन । घट्नाबारे थप अनुसन्धान र घटनामा संलग्नहरुको पहिचानको लागि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको नायव उपरीक्षक दाहालले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस