मंसिर २७, कञ्चनपुर । बेलौरी नगरपालिका–६ नकैयाबाट प्रहरीले लागु औषध खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेका गरेको छ । पक्राउ पर्ने दुबैजना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई दश ग्राम लागु औषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पिलिभित जिल्ला तहसिल पुरनपुर थाना हजारा ग्राम बजार घाट बस्ने वर्ष १९ को राम सिंह र उद्धम सिंह नगर थाना नानक मत्ता ग्राम ज्ञानपुर बस्ने वर्ष २३ को धरमवीर सिंह रहेका छन् ।