• २०८३ बैशाख १४ गते सोमवार

आठौँ पठक सगरमाथा आरोहण गर्ने तामाङसहित पाँच माओवादीमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २७, काठमाडौं । सगरमाथाको आठौँ पटकसम्म आरोहण गर्ने रसुवाको कालिका गाउँपालिका–१ का कामी सिङ्गी स्याङ्बा तामाङसहितको आरोहीको टोली सोमबार माओवादी केन्द्रमा प्रवेश गरेको छ । उहाँहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबार पार्टीमा स्वागत गर्नुभएको थियो ।

माओवादी प्रवेश गर्नेमा सात पटक सगरमाथा आरोहण गर्ने सोही वडाका लालबहादुर तामाङ, दुई पटक सगरमाथाको आरोहण गर्ने मिङमार तामाङ, समाजसेवी तथा युवा व्यवसायी नामग्याल तामाङ, नेपाली कांग्रेसका सक्रिय सदस्य तथा युवा व्यवसायी छिरिङ तामाङलगायत छन् ।

सो अवसरमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, रसुवा जिल्लाका नेताहरु जगत जङ्ग, समीर, दावा मोक्तान तामाङलगायत नेताको उपस्थिति थियो । अध्यक्ष दाहालले पार्टीमा प्रवेश गर्ने सबैलाई उचित जिम्मेवारी दिने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस