• २०८३ भाद्र ३० गते मङ्गलवार

१३ फेसबुक सञ्चालकमाथि साइबर ब्युरोमा उजुरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ ३०, काठमाडाैँ । प्रेस काउन्सिल नेपालले १३ फेसबुक सञ्चालकमाथि साइबर ब्युरोमा उजुरी दिएकाे छ। काउन्सिलले १३ वटा फेसबुक पेज सञ्चालकमाथि थप कारबाही अघि बढाउँदै मंगलबार ब्यूराेमा उजुरी दिएकाे हाे।

केही फेसबुक पेजले अतिरञ्जित शीर्षक तथा थम्बनेल राखी भ्रम तथा अफवाह फैलाउने सामग्री प्रकाशन गरेको पाइएको छ। काउन्सिलले दिएको निर्देशन पालना नगरेका तथा सम्पर्क विवरणसमेत नभेटिएका पेजमाथि थप कारबाही अघि बढाइएको हो।

1

2

3

Sharing

प्रतिक्रिया दिनुहोस