जेठ २५, दाङ । दाङको घोराहीको ढोडनीबाट वन मुद्दामा अदालतले दोषी ठहर गरेका चार महिला पक्राउ परेका छन्। प्रहरीले घोराही उपमहानगरपालिका वडा नं। १८ ढोडनीकी ३६ वर्षीया शान्ती सुनार, २५ वर्षीया सन्तोषी नेपाली, ३६ की चन्द्रकला सुनार र ३५ वर्षीया ज्योती दमाईलाई पक्राउ गरेको हो ।

२०७६ साल वैशाख ३० गते दाङ देउखुरी जिल्ला अदालतले उनीहरुका बिरुद्ध जनही ५र५ हजार जरिवाना र ८ महिना ७ दिनको कैद फैसला सुनाएको थियो। अदालतको फैसला आएपछि फरार रहेका ती चार महिलाहरु घरमै लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा पुग्दा सोमबार दिउँसो उनीहरुलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए।
पक्राउ परेकालाई सोमबार नै अदालत पेश गरेको र अदालतको आदेशलाई सजाय भुक्तान गर्नको लागि कारागार पठाइएको डिएसपी रिजालले जानकारी दिए।
https://khabar24nepal.com/06/07/2021/73979