• २०८३ जेष्ठ १९ गते मङ्गलवार

आफूमाथि जनप्रतिनिधिले लगाएको सबै आरोप झुठो : डिएसपी खनाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २७, बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनाल विरुद्ध जनप्रतिनिधिले केहिदिन अगाडि आक्रोश पोख्दै बेथितीलाई पश्रय दिएको र जनप्रतिनिधिलाई दुव्र्यवहार गरेको भन्दै डिएसपी खनाल विरुद्ध बिरोधमा उत्तरीएका जनप्रतिनिधिले सरुवाको समेत माग गरेका थिए ।

कोहलपुरका प्रहरी प्रमुख डिएसपी खनालले आफूमाथि राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष धन कुमारी खत्रीले लगाएको आरोप सबै जुठो रहेको आफू दोषी नरहेको बताएका छन दुर्घटना भएको ठाँउमा धेरै जनाले भिडियो फोटो पनि खिचेको र पत्रकारहरु समेत उपस्थिति रहेको डिएसपी खनालले बताए |

गाउँपालिकाकि उपाध्यक्ष धनी कुमारी खत्रीलाई थुन्ने धम्की दिदै उनिमाथी दुव्र्यवहार गरेको भन्ने खनालमाथी आरोप लागेको कुरा पनि झुठो रहेको खनालले बताए । दुर्घटनाका पीडितहरुलाइ राज्यको नियम अनुसार अगाडि बढन आफुहरु तयार रहेको र धनी कुमारी खत्रीले राज्यको काकुन बिपरित माग पूरा गर्नुपर्ने बताउदै पीडितहरुलाई आन्दोलन गर्न उकासेको भन्ने कुरा कोहलपुरको प्रहरी स्रोतले बताएको छ |

प्रहरीहरुबाट जनप्रतिनिधि उपाध्यक्ष खत्रीप्रति कुनै पनि दुव्र्यवहार नभएको यदि भएको भए कुनै न कुनै मिडियामा भिडीयो सर्बजनिक गर्नुपर्ने हो। भनेर पनि डिएसपी खनालले बताए |

दसैको समयमा बाँके शमशेरगञ्जको परुवा खोलामा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको थियो भने अर्का घाइते भएकी थिइन् । सो घटनाको विषयमा बुझ्न जाँदा डिएसपी खनालले आफुमाथी दुव्र्यवहार गरेका आरोप खत्रीले लगाएकी थिइन ।त्यस पछी केही मिडियामा एक तर्फबाट समाचारहरु पनि आएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस