• २०८३ कार्तिक १६ गते आइतवार

सहारा क्लब पोखरा आहा रारा गोल्ड कपको फाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, पोखरा । सहारा क्लब पोखरा आहा रारा गोल्ड कपको फाइनलमा पुगेको छ । बुधबार सम्पन्न सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई सडेन डेथमा ७-६ ले पराजित गर्दै सहारा क्लब पोखरा फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा गोलरहित बराबरी र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । अब दोस्रो सेमिफाइनल खेल जावलाखेल युथ क्लब र उज्बेकिस्तानको एभीए एफसीवीच बिहिबार हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस