• २०८३ जेष्ठ १ गते शुक्रवार

ओलीबारे मातृका यादवका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २९ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले माओवादी सांसद मातृका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख सापकोटाले माओवादी सांसद यादवले बिहीबार बसेको बैठकमा मेन्टल्ली, फिजिकल्ली भनेर ओलीको स्वास्थ्यमा बिषयमा दिएको अभिव्यक्ति हटाउन निर्देशन दिएका हुन् ।

शुक्रबारको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले आ आफ्नो ठाउँमा उठेर यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । त्यसपछि सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिए ।

भट्टराईले एमाले संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर दिएका अभिव्यक्ति संसदीय मर्यादा बिपरित भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

बिहीबारको बैठकमा यादवले ओलीप्रति लक्षित गर्दै प्रतिनिधि सभा पुनःस्थापना र वर्तमान सरकारलाई परमादेश भन्नेको मानसिक सन्तुलन खल्बलिएको टिप्पणी गरेका थिए । बैठकमा एमाले सांसद मोतिलाल दुगडले सभामुखसंग समय नलिइ बोल्न खोज्दा विरोध भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस