असार २९, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा नेपालमा थप २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५८ हजार ७ सय ७८ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ६१ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ हजार ७८ जना कोरोना निको भएको छ । योसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख २३ हजार १ सय ५ जना रहेको छ । पछिल्लो चौबिस घण्टामा १२ जनाको मृत्यु भएको छ । योसगै मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ जना पुगेको छ ।