• २०८३ बैशाख ६ गते आइतवार

माओवादी स्थायी कमिटी बैठक सकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, काठमाडौं । नेकपा माओवादी केन्द्रको मंगलबार बिहान बसेको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले सर्वोच्च अदालतले हिजो गरेको फैसलाको स्वागत गरेको छ । बैठकले सबै शक्तिलाई राष्ट्रिय सहमतिका साथ अगाडि बढाउने निर्णय गरेको बैठक पछि माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अब बन्ने सरकारलाई सो दिशामा अघि बढाउन पहल गर्ने निर्णय भएको श्रेष्ठले बताउनुभयो ।

बैठकले सरकारमा पठाउने माओवादी नेताको नामको बारेमा भने निर्णय गर्न सकेन । सरकारको स्वरुपको बारेमा छलफल गरेर मात्र सरकारमा जाने मन्त्रीको बारेमा फेरि निर्णय हुने श्रेष्ठले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस