• २०८३ कार्तिक २४ गते सोमवार

नेपालमै उत्पादित सवारी साधन दर्ताको बाटो खुल्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १४, काठमाडौं । अब नेपालमै बनेका सवारी दर्ता गर्न सकिने भएको छ । यातायात व्यवस्था विभागले कार्यविधि संशोधन गरी अब नेपालमै बनेका सवारी साधन दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।

यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा थप गरेको जानकारी गराएको छ। संशोधन कार्यविधिको बुँदा १ मा ‘निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्नेछैन’, भन्ने उल्लेख छ।

दोस्रो बुँदामा नेपालमा उत्पादन हुने सवारीको नयाँ दर्ताका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनत्रको सट्टा मूल्यअभिवृद्धि कर बीजक र प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा शुल्क निकासी फारम समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नेपालमै उत्पादित सवारीसाधन दर्ताको बाटो खुल्यो, अब भन्सार प्रज्ञापन पत्र  आवश्यक नपर्ने « Bizkhabar Online

Sharing

प्रतिक्रिया दिनुहोस