• २०८३ बैशाख २८ गते सोमवार

 दाङको गड्वामा एक घरमा बम विष्पोट पछि घरधनी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा /दाङ

मंसिर २६  दाङ ।  देउखुरी गढवा गाउँपनलिका वडा नम्बर २ स्थित घनश्याम चौधरीको घरमा बम बिष्पोट भएको छ ।

घरको पहिलो तल्लामा टिनको बाकसमा लुकाएर राखेको जीलेटिङ्ग बम विस्पोट भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक भरत सिंह राठोरले जानकारी दिएका छन ।

घरधनी चौधरीले सडकमा काम गर्ने क्रममा माछा मार्ने प्रयोजनको लागी जिलेटीङ्ग बम घरमा लुकाएर राखेको गडवा प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । बिष्पोट बाट दुई तल्ले घर पुर्ण रुपले क्षति भएको छ । भने मानविय क्षती नभएको गड्वा प्रहरीले सोधपुछ अनुसन्धानको लागी घरधनी चौधरीलाई नियन्त्रणमा लिएको छ ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको गडवा प्रहरी प्रमुख राठोरले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस