• २०८३ बैशाख १९ गते शनिवार

तुल्सीपुरमा लकडाउन उल्लंघन गर्ने २० सवारीसाधन कार्वाहीमा

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१,दाङ । दाङको तुल्सीपुरमा लकडाउन उल्लंघ गर्ने २० सवारी साधनलाई शुक्रबार कारवाही गरिएको छ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरले ८ वटा टिप्पर र ट्रक, दुईवटा ट्याक्टर, दुई वटा कार÷जीप, चारवटा मोटरसाईकल र ४ वटा अटो रिक्सालाई होल्ड गरि सम्झाएर छोडिएको हो । त्यस्तै मास्क नलगाउने तीन महिला र ६ पुरुष गरि ९ जनालाई कारवाही गर्दा ९ सय रुपैँया जरिवाना तिराइएको छ ।

साथै लकडाउन उल्लंघन गर्ने ३४ महिला र ७५ पुरुषलाई होल्डमा राखि सम्झाएर छोडिएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस